• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरी वारियर्स क्रिकेट क्लबको टाईटल स्पोन्सरमा लमही गुरुकुल




लमही । क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेको देउखुरी वारियर्स क्रिकेट क्लवको टाइटल स्पोन्सरमा गुरुकुल एकेडेमी लमही रहने भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरी वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेको हो ।

आज शुक्रबार गुरुकुल एकेडेमी लमहीको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गर्दै गुरुकुल ऐकेडेमी लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना र देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथोकीबिच टाईटल स्पोन्सर सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर्स गणेश बुढाथोकीले गुरुकुलको टाईटल स्पोन्सरपछि गुरुकुल देउखरी वारियर्स नाम रहने पनि बताउनुभयो । साथै उँहाले शिक्षा क्षेत्रलाई उच्च पद्दतिमा लगिरहेको र घोराहीमा गुरुकुल ऐकेडेमीको अपार सफलतापछि तुलसीपुर र लमहीमा गुरुकुल एकेडेमी संचालनमा आउन लागेको र यस शिक्षण संस्थाले अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि गुरुकुल ऐकेडेमीसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अक्षरका माध्यमबाट विद्यालय चिनाउने भएको हुँदा शिक्षासँगै खेल क्षेत्र लगायत समाजसँग गुरुकुल भन्ने मुल मन्त्रलाई लिएर यस देउखुरी वारियर्स क्रिकेट क्लवको अफिसियल स्कुल पार्टनर तथा टाईटल स्पोन्सरको रुपमा रहेको गुरुकुल ऐकेडेमी लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले बताउनुभयो । साथै उहाँले नयाँ विद्यालय भएको हुनाले सम्पूर्णलाई सहयोग गर्न र विद्यालयले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको पनि बताउनुभयो ।

प्रतियोगिता सफल बनाउन विद्यालयले टाईटल स्पोन्सरको रुपमा भूमिका खेल्ने भएपछि देउखुरी वारियर्स क्रिकेट क्लवले आभार प्रकट गरेको छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यकासाथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने छन्।

गुरुकुल ऐकेडेमी लमहीका शेयर सदस्य शितल भुषालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण गुरुकुल ऐकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले गर्नुभएको थियो भने पत्रकारहरु राधेश्याम गुप्ता ,चुमा आचार्य , प्रिया स्मृति गजमेर लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।

दाङ क्रिकेट लिग– २ विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश/दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

Facebook Comments