• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादन कार्यमा जोडिए पूर्व जनप्रतिनिधि




दाङ । राजनीति गर्ने धेरैको चाहना सत्तामा पुग्ने हुन्छ । सत्तामा पुगेपछि कतिपय राजनीतिककर्मीहरु समाज सेवामा भन्दा कमाउ धन्दामा लाग्ने गरेका कारण आम नागरीकले राजनीतिकर्मीहरुलाई धारे हात लगाउने गरेका छन् । तर दाङमा केही त्यस्ता राजनीतिकर्मी छन्, जो जनप्रतिनिधिको जिम्मेवारी पुरा गरी विभिन्न पेशा व्यवसायमा आवद्ध भएका छन् ।

घोराही -१५ का जितेन्द्रमान नेपाली उमेरले ७० नाँघेका छन् । सानैदेखि राजनीतिक चेत भएका नेपाली २०३३ सालदेखि घोराहीमा कपडा सिलाउने काम गर्दथे । दैनिक रोजीरोटीका लागि कपडा सिलाउने काम गरि रहँदा पार्टीले दिएको जिम्मेवारी पुरा गर्न उनी भूमिगत बने कति पटक त पक्राउ पनि परे । २०७४ मा भएको स्थानीय निर्वाचनपछि जितेन्द्रलाई जिल्ला समन्वय समितिको प्रमूख हुने अवसर आयो । राजनीतिक लाभको पदमा पुगेर श्रमलाई वेवास्ता गर्नेहरुको जमातमा नेपाली फरक नमूनानै बनेका छन् । उमेरले ७० नाँघेका जितेन्द्र अहिलेपनि काँधमा कपडा नाँप्ने फित्ता र चाउरी परेका हातले कैचि समाएर दैनिक कपडा सिलाइ रहेका छन् ।

त्यसै गरी २९ वर्ष शिक्षण पेशा गरेका दाङको बंगलाचुलीका यनुराज खत्री २०७४ को स्थानीय निर्वाचनबाट वडाध्यक्ष बने । जनप्रतिनिधि भएर काम गर्दै गर्दा  आउने सेवा सुविधा पनि आफूले नलिएर स्थानीय बिद्यालयलाई सहयोग गरेका खत्री अरुहरुलाई प्रेरणा दिने काम गर्न चाहन्थे । आफ्नो कार्याकाल सकिदै गर्दा पार्टी तथा साथीहरुको पुनः जनप्रतिनिधि बन्न गरेको आग्रहलाई इन्कार गर्दै उत्पादनमूलक काममा जोडिने चाहना लिएर बजारमा रहेको घर बिक्री गरेरगाँउमा  कालिज फम व्यवसायी गरेका छन् ।

त्यस्तै राप्ती गाँउपालिकाको उपाध्यक्ष बनेर काम गरेकी जगदम्बा चौधरीले अहिले माछा फर्म संचालन गरेकी छिन् । उत्पादनमा नजोडिएर राजनीतिमा मात्रै लाग्दा राजनीतिककर्मी भ्रष्ट हुने भन्दै पार्टीले दिएको जिम्मेवारीको काम र माछाको हेरचाहमै जगदम्बाको दैनिकी बित्ने गरेको उनी बताउछिन् ।

कम्लहरी मुक्तीको आन्दोलनपछि राजनीतिमा तानिएकी शान्ता चौधरी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपानिक संसद बनिन् । प्रतिनिधिसभामा नेकपा एमालेबाट सचेतकको भूमिका निर्वाह गरिसकेकी शान्ता अहिले व्यवसायीक रुपमै फर्म  दर्ता गरेर घरमै बिभिन्न प्रकारका अचार बनाउछिन् । तयारी अवस्थाका अचार शान्ताले केही अनलाइनकै माध्यमबाट त केही जिल्लामा हुने मेला महोत्सवमा स्टल राखेर बिक्री गर्दै आएकी छिन् ।

बबई  गाँउपालिकाका पूर्व अध्यक्ष भुवनेश्वर पौडेल भैसी पालन व्यवसायमा गरेका छन् भने लुम्बिनी प्रदेशसभा सदस्य बनिसकेकी धमकली चौधरी तरकारी खेती गर्ने गरेकी छिन् ।

Facebook Comments