रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत उद्ययमशीता सम्बन्धी ८ दिने व्यवसाय तालिम सुरु भएको छ ।
तालिम वडा नं. ४ का कार्य बहाक अध्यक्ष भुवन पुनको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको थियो । तलिममा व्यवसाय सचेताना लैङ्गिक समानताका विषयमा समेत तालिम दिइने भएको छ ।
तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले तालिम गराउनुको उदेश्य तालिमबाट केही कुरा सिकेर उद्यमशील बनी राम्रो आमदामी गरेर जीवन परिर्वतन गर्नुपर्ने बताउनुभयो ।
तालिम आजबाट सुरु भइ ८ दिनसम्म संचालन हुने भएको छ । प्रशिक्षक दिलमाया घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता कल्पना थापाले गर्नुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।