• २८ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट लिग २ को प्रत्यक्ष प्रसारण मेरो दाङ एचडीबाट गर्ने सहमति




घोराही । दाङ क्रिकेट लिग– २ को अफिसियल ब्रोडकास्टिङ पार्टनर दाङ डिजिटल मिडिया प्रा.लि. भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १६ सर्रामा प्रधान कार्यालय रहेको सो मिडिया अफिसियल ब्रोडकास्टिङ पार्टनर बनेको हो ।

बिहीबार आयोजकको तर्फबाट केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ र दाङ जिल्ला सचिब सन्जु के.सी. र दाङ डिजिटल मिडिया प्रा. लि. को तर्फबाट सेयर सदस्य एवम् मिडिया एंव ब्रोडकास्टिङ विभागका सदस्यहरु जावेद अखतर, अनुप आचार्य र आभाष घिमिरेबीच मेरो दाङ एच.डि. ब्रोडकास्टिङ पार्टनर को रुपमा रहने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम मेरो दाङ एचडिले अक्सन एवम् सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

मिडियाले खेलकुद तथा मनोरञ्जन क्षेत्र संग सम्बन्धीत हरेक क्षेत्रमा जोडिने योजना बनाएको छ । युवाहरु ब्रोडकास्टिङ क्षेत्रमा आएकोमा खुसी व्यक्त गर्दै क्यानका केन्द्रिय सदस्य प्रदीप मजगैयाँले, लुम्बिनी प्रदेश तथा समस्त नेपालमै क्यानले आयोजना गर्ने अन्य खेलहरुमा समेत मेरो दाङ एच.डि. सङ आउने दिनहरुमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता   जनाउनु भएको छ ।

Facebook Comments