• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपिलवस्तु दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत (अपडेट)




कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् ।

मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् ।

यसैगरी, दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।

अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । बस दुर्घटना भने ब्रेक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

Facebook Comments