• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गाडीकाे ठक्करबाट एक महिलाको मृत्यु




दाङ । दाङमा गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु  भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पिपरीमा आज बुधबार प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियोले साइकलमा यात्रा गरिरहेकी प्यूठान १ झिमरुक घर भई हाल राप्ती गाउँपालिका ८ पिपरीमा बस्ने ३५ वर्षकी राधा बस्नेतको मृत्यु  भएको हो ।

गाडीको ठक्करबाट घाइते भएकी बस्नेतलाई उपचारका लागि सिसहनिया स्वास्थ्य चौकीमा ल्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही साइकल पछाडि सवार १६ वर्षकी विपना केसीलाई भने उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments