• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भवन निमार्णमा ज्याला नपाएका मुजदुरलाई ज्याला दिलाइ दिने अध्यक्ष पुनले गरे प्रतिबद्धता व्यक्त




रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं. १ को प्रशासनिक वडा कार्यालय भवन निमार्णमा काम गरेका मुजदुरले ज्याला पाउने भएका छन् । गत स्थानीय तहले निमार्ण कार्य सुरु गरेको रुन्टीगढी गाउँपालिका वडा नं. १ को प्रशासनिक भवनमा काम गरेका मुजदुरले लामो समय देखि ज्याला नपाएको गुनासो आएपछि नवनिर्वाचित गाउँपालिका अध्यक्ष जनक पुन एक कार्यक्रम बोल्दै ज्याल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७४ को निर्वाचन पछि स्थानिय तह वडा १ ले प्रशासनिक कार्य गर्न सहजताको लागि भवन निर्माण कार्य सुरु गरेका थियो । तर भवन निमार्ण सम्पन्न नहुदा सम्म भाडाको घरमा प्रशासनिक कार्य गर्दै आएको थियो । वडा सरकारले प्रशासनिक कार्यगर्न आफ्नै भवन हुनुपर्ने महसुर गर्दै भवन निमार्ण कार्य सुरु गरेर ९० प्रतिशत काम सम्पन्न भइसक्दा समेत मुज्दुरहरुले ज्याला पाउने नसके पछि बाँकी काम गर्न छोडेका थिए । अहिले भवन पुर्णरुपमा निर्माण भएर पनि सञ्चालनमा आइसकेको छ तर मज्दुरहरुले भने भवन निमार्ण बापतको ज्याला पाउन सकेका छैन्न ।

२०७४ को स्थानिय तहको सरकारले सुरु गरेको भवन निमार्ण कार्य ९० प्रतिशत काम सम्पन्न भइसक्दा समेत श्रमिकहरुले परिश्रम गरे बापतको ज्याला पाउन नसके पछि बाँकी काम गर्न छोडेका थिए । २०७९ निर्वाचन पछि बनेको वडा सरकारले बाँकी रहेकोे काम सम्पन्न गराइ भवन सञ्चालनमा ल्याइएको हो ।

उक्त भवनबाट प्रशासनिक कार्य सुरु गर्न २०७९ को निवार्चन पछि नव निर्वाचित गाउँपालिका अध्यक्ष जनक पुनले औपचारीक रुपमा भवन उद्घाटन गरी कार्य सुरु गरिएको छ । तर पहिले काम गरेका मज्दुरहरुले ज्याला नपाएपछि भने उनीहरु असन्तुष्ट देखिएका थिए । ति असन्तुष्ट मज्दुरहरले काम गरेको ज्याला पाउनु पर्छ भनेर वडा कार्यलयमा मुद्दा हालेका थिए अहिले उक्त मुद्दा गाउँपालिकाको न्यायिक समिति सम्म आइपुगेको छ ।

एक कार्यक्रम बोल्दैे अध्यक्ष पुनले मज्दुरहरुले ज्याला पाउने विषयमा सकारात्मक विषय भएको र उक्त मुद्दाका विषयमा सम्बन्धीत पक्षलाइ बसालेर छलफल गराई ज्याला उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

Facebook Comments