• ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘जनयुद्ध दिवस’को अवसरमा लमहीमा दीप प्रज्वलन




श्रवण कुमार यादव
दाङ । नेपाल कम्युनिस्ट पार्टी (विपलव) र नेकपा (माओवादी केन्द्र)ले ‘जनयुद्ध दिवस’को अवसरमा संयुक्त रुपमा दीप प्रज्वलन गरेका छन्।

२९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित संयुक्त दीप प्रज्वलन कार्यक्रम भव्य रूपले दाङको लमहीमा सम्पन्न भएकोे हो। जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा साहदत प्राप्त गर्ने शहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा लमही नगर इन्चार्ज वसन्त राज शर्मा (विक्रान्त) ले जानकारी दिनुभयो।

नेकपा केन्द्रीय सदस्य तथा देउखुरी इन्चार्ज विक्रम सीले जनयुद्ध दिवस सयुंक्त रूपले देउखुरी भरी भवयतापूर्वक मनाएकाे बताउनुभयो। उहाँले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कारण आज देशमा गणतन्त्र स्थापना भएको र जनताले आफ्नो हक अधिकार पाएको बताउनुभयो।

राजतन्त्रको विदाइ गरी गणतन्त्र ल्याउन जनयुद्धले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको इन्चार्ज विक्रमले नेकपाको सरकारले राम्रो काम गर्न लागेको देखेर देशमा विकास नचाहने शक्तिहरुले सरकारलाई असफल पार्न खोजिरहेको आरोप लगाउनुभयो ।

जनयुद्धका वेला ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शहीदको सपना पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रका लमही नगर इन्चार्ज दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

लमही नगर इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य मुक्ति सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बाबु राम चौधरीले सहजीकारण गर्नुभएको थियो।

Facebook Comments