• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीले बाल्यो ९ सय ९९ दीप




केशर सुनार

प्युठान।अखिल क्रान्तिकारी जिल्ला समिति प्युठानले नौ सय उनान्सय दीप प्रज्वलन गरि २९ औं  जनयुद्ध दिवस मनाएको छ।क्रान्तिकारीले मंगलबार सांझ एक कार्यक्रमका बीच ९ सय ९९ दीप बालेको हो।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रभात केसीले आजको यो व्यवस्था आउनुमा १० वर्षे जनयुद्धले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।उहाँले भन्नुभयो “अखिल क्रान्तिकारी जसरी पार्टीको निम्ति सडकको बाघ बनेको छ त्यसरी पार्टी पंक्तिका नेता कार्यकर्ताहरु लाग्न अपरिहार्य छ।साथै उहाँले २९ औं जनयुद्ध दिवसको शुभकामना दिदै सर्वोच्चले जनयुद्ध दिवस खारेज गरेको यो निर्णय अन्यायपूर्ण रहेको बताउनुभयो।

अखिल क्रान्तिकारीका  जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माको अध्यक्षता सञ्चालन भएको दीप प्रज्वलन कार्यक्रममा नेकपा( माओवादी केन्द्र)लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य प्रभात केसीको प्रमुख आतिथ्यता रहेको थियो।पार्टी प्रदेश समिति  सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष आतिथ्यता,पार्टी जिल्ला समिति सदस्य लिलाप सिह केसी,प्युठान नगरपालिका नगरकमिटी सचिब सुमनराज श्रेष्ठ,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज पुष्कर शर्माको आतिथ्यता रहेको थियो।

कार्यक्रममा पार्टी र विद्यार्थी गरि करिब ३५ जना बढीको उपस्थिति भएको अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।

Facebook Comments