• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाचौं हापुर कप सुरु, पहिलो दिन न्यु स्टार र घोराही १७ विजयी




घोराही । पाचौ हापुर कप खुला नकआउट फुटबल प्रतियोगिता घोराही १२ हापुर बिजौरी खेल मैदानमा सुरु भएको छ जस्मा पहिलो खेल न्यु स्टार क्लब र वाइजी क्लब बीचमा भएको खेलमा ४-० गोलले न्यु स्टार क्लब विजयी भएको छ ।
न्यु स्टार क्लबलाई जित दिलाउन उत्कट खेल्दै किशोर मगरले तीन गोल भिमसेन थापाले एक गोल गरेका थिए ।

दोस्रो खेलमा कमल घारी युवा क्लब माथी ७-० गोलको अन्तरले घोराही १७ विजयी भएको छ घोराहीलाई जिताउन कृष्ण बहादुर महराले दुई , सुरेश सुनार, निराजन चौधरी, अभिषेक बिक र हेमन्त बिकले समान एक-एक गोल हानेका थिए ।

हापुर युथ क्लबको आयोजनाना सुरु भएको प्रतियोगिता फागुन १० गते सम्म चल्ने छ । प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रु २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष बिनोद विकले बताए ।

यस्तै विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारसहित सम्मान गरिने समेत वि.कले बताए ।

Facebook Comments