• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) ले गर्‍यो ‘जनयुद्ध अघिको समाज र जनयुद्धपछिको समाज’ विषयक अन्तरक्रिया




घाेराही। अखिल (क्रान्तिकारी) घोराही नगर समितिले २९ औँ जनयुद्ध दिवसको अवसरमा जनयुद्ध अगाडिको समाज र जनयुद्ध पछाडिको समाज विषय बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ।

अन्तरक्रियामा बोल्ने वक्ताहरुले मुलुकको आमूल परिवर्तनका लागि जनयुद्धको विशिष्ट योगदान भएको चर्चा गरेका थिए । वक्ताहरूले मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी /समानुपातिकको अधिकार जनयुद्धको प्रमुख उपलब्धि भएको धारणा व्यक्त गरे ।

उनीहरुले नेपालमा जनयुद्धले पछाडि पारिएका वर्ग तथा समुदायको अधिकारलाई स्थापित गरेको जिकिर गरे। अखिल (क्रान्तिकारी) घोराही नगर समितिका अध्यक्ष विकास लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सांस्कृतिक विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसीले मुलुकको आमूल परिवर्तनमा १० वर्षे महान जनयुद्धको विशिष्ट योगदान भएको बताउनुभयो । जनयुद्धले नै नेपालमा २ सय ४० वर्षदेखि रहेको सामन्ती राजतन्त्रको अन्त्य गरेको उहाँको भनाइ छ।

जैसीले जनयुद्धले गाउँ गाउँमा रहेका सामन्तवादका अवशेषहरुलाई निर्मूल पार्न महत्वपूर्ण योगदान दिएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य हरिमान पुन, प्रदेश सदस्य प्रमिता चाैधरी, जिल्ला सचिव विश्वराज आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज विष्णु खनाल, माओवादी केन्द्रका युवा नेता बसन्त अधिकारी, अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पूरण शर्मा, नेकपा माओवादी केन्द्र घोराही नगर समितिका अध्यक्ष रमेश ओली, नगर सदस्य शक्तिराम डाँगी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गोविन्दकुमार मल्लले गर्नुभएको थियो।

अन्तरक्रिया लगत्तै लखन पार्कमा दीप प्रज्वलन गरिएको थियो।

Facebook Comments