• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ एक्स्पोः बुधबार पुस्कल शर्मासहितका कलाकार आउँदै




घोराही । `लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको नवौं दिन चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्माको बेजोड प्रस्तुति रहने भएको छ । शर्मासंगै बुधबार अर्का गायक प्रशान्त परियार, एमटी महर, गायीका बिमला घर्ती, डान्सर अरुशी मगर, सरुचि सेन्चुरी र मनिषा अधिकारीसहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा माघ २३ गतेदेखि सुरु भएको थियो ।
साथै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

फागुन ८ गतेसम्म चल्ने एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ ।।

Facebook Comments