• २९ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट लिगको इनर्जी ड्रिंक पार्टनरमा किबु इनर्जी ड्रिंक




घोराही  । अबको दुई सातापछि दाङमा हुने दाङ क्रिकेट लिग सिजन–२ को आन्तरिक तयारी तीव्र रुपमा भईरहेका बेला प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति, निकाय, संघसंस्थाहरु जोडिने क्रम जारी छ । जस अनुसार, लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक दाङ क्रिकेट लिग–२ को इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको प्रतियोगिताका लागि लाईफ फुड एण्ड बेभरेज प्रालिले इनर्जी ड्रिंक पार्टनरका रुपमा रहने गरी सम्झौता गरेको छ । लाईफ फुड एण्ड बेभरेज प्रालिका ब्राण्ड म्यानेजर प्रतिपाल अधिकारी र दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ बिच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसअघि डिसिएल–२ प्रतियोगिता सफल बनाउन गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही, खेलाडी रजिष्ट्रेशन अनलाईन पार्टनर खल्ती एपसँग सम्झौता भईसकेको छ ।

पाँच वटा फ्रेन्चाईज क्लबबीच प्रतिष्पर्धा हुने डिसिएल–२ लाई सफल बनाउन आर्थिक रुपमा देश विदेशबाट सहयोग उठ्ने क्रम पनि जारी छ ।दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्ने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।
डिसिएसमा उमेर समुह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडीलाई अक्सन अर्थात खेलाडी खरीद बिक्रिका आधारमा निश्चित मापदण्डमा रही खेलाईने गरिएको छ । यो पटकका लागि अब चाँडै नै अक्सन गरिने प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments