• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी तुलसीपुरको कानुनी प्रक्रिया पूरा




घोराही । गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पुर्ण दर्ता प्रकृया पूरा भएको छ ।

गुरुकुल एकेडेमी तुलसीपुर प्रा.ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६-०६४-०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत् रुपमा दर्ता भई स्थाई लेखा नं.(३०३३८३४३१) समेत प्राप्त भएको छ । यता तुलसीपुर उपमहानगरपालीकाको शिक्षा विकास महाशाखा तथा उपमहानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रा.लीको अभिलेख राखि सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णय सँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनि सँगसँगै भएको थियो । गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्धेश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो । यस क्षेत्रमा विभिन्न ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउदा यँहाका अभिभावक तथा विद्यार्थीहरुलाई निकै फाइदा पुग्ने स्थानीय बुद्धिजीवि तथा समाजसेवी विष्णु कुमार देवकोटाले बताउनुभयो ।

उहाँले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्धेश्य पूरा गर्नेमा विश्वास समेत गर्नुभयो । विद्यालयले यहि फाल्गुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखि विधिवत् रुपमा अक्षरारम्भ समेत गराउँदै छ भने शैक्षिक सत्र २०८१को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । साथै उहाँले स्टेशनरी बाफतको शुल्क सहित प्रि रजिष्ट्रेशन गरे पछि भर्ना निःशुल्क हुने पनि बताउनुभयो ।

विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थि तथा अभिभावकहरुमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आबश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवि जनशक्ति पनि तयार गरीसकेको छ ।

Facebook Comments