• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा आज ‘धोकेबाज’ गायिका एलिना चौहान  आउँदै




घोराही । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आज  मंगलबार ‘ धोकेबाज हौ तिमी’ की चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका चौहानले प्रस्तुति राख्नेछिन् । उनका ‘ धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘यो भाग्मा खोट छ ’ जस्ता दर्जनौ गितहरु चर्चित छन् ।

‘धोकेबाज हौ तिमी.., कट्टा हान्दिन्छ…’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।
यस्तै, लोकदोहोरी गायक कुलेन्द्र विश्वकमाइ, प्रेम नारायण बि.क, मोडल मनिषा अधिकारी, दिलशा कुमाल, सुरुचि सेन्चुरी लगाएत स्थानिय कलाकारहरुले एक्सपोलाई रौनकता दिने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।

यस्तै सोमबार चर्चित लोक दोहोरी गायक खेम सेन्चुरीसंगै गायिकका सम्झना भण्डारी, अर्का गायक हरि पाण्डे, डान्सर बिमला थापासहित स्थानीय कलाकारको प्रस्तुति र सम्झना भण्डारीले आफ्नो प्रस्तुति राखेका थिए ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

फागुन ८ गतेसम्म चल्ने एक्सपोमा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको दाङ आयोजकले जनाएको छ ।।

Facebook Comments