• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अहिले शिक्षा क्षेत्रमा चुनौती देखा परेको छः मन्त्री खनाल




घोराही । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनमा महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले शिक्षा क्षेत्रमा विभिन्न चुनौति देखा परेको छ आजको युवाले सोचेको जस्तो र समाजले खोजेको जस्तो शिक्षा अहिलेको शिक्षा प्रणाली दिन नसकेको प्रश्नहरु हामीहरुको विचमा रहेको बताउदै राजनित दल, सामाजिक अभियान्त र शैक्षिक बौद्धिकबाट युवाले सोचेको जस्तो र समाजले खोजेको जस्तो शिक्षा अहिलेको शिक्षा प्रणाली लागु गर्न पर्ने बताए ।

साविक राप्ती अंचकका ५ वटा जिल्ला र केही जाजरकोट विद्यार्थीहरुले यस महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेर आज समाजको विभिन्न ठाउँको नेतृत्व गरि रहनु भएको छ । आज यस क्याम्पमा विद्यार्थीको रुपमा हुनुहुन्छ तपाईहरुको उज्वल भविष्य यही क्याम्पसबाट सिकेको अध्यन, सिप र त्यो उत्साहका साथ समाजको हरेक ठाउँमा जानुने छ त्यो ठाउँको नेतृत्व गर्नुहुने छ भन्ने विश्वाल गरेको बताउदै शुभकामना व्यक्त समेत गरेका छन् ।

तपाईहरुले यस क्यामपस बाट शिक्षा आर्जन प्राप्त गरेर भोलीका दिन यो देशले गर्व गर्न सक्ने शक्ती र यो क्यामसको इतिहास जो लामो समय देखी अत्यन्तै महत्व पूर्ण रहेका छ अझ सशक्त पार्न यहाँले भुमिका खेल्नु पर्ने समेत मन्त्री खनालले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएको घोराही नगर प्रमुख नरुलाल चौधरीले अहिले शिक्षा नै बिकास हो भन्ने आम नागरिकले बुजेको बताए र शिक्षा बिना विकास असम्भव समेत हरेको बताए ।

नगर प्रमुख चौधरीले दाङमा महेन्द्र बहुमुखी क्याम्पस शिक्षा हासिल गर्ने थलो बनेको छ साथै सरकारी स्थर बाट सुरु हुन लागेको इन्जिनियर पढाई संचालनलाई यस क्याम्पसले भवन दिएर सहयोग गरेकोमा धन्याव समेत व्यक्त गरे ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सभापति एवं महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति शंकर प्रसाद डाँगीले यस क्याम्पसले धेरै जनशक्ति यो देशका लागि उत्पादन गरेको छ र आउने तपाईहरु पनि त्यो जनशक्तिको रुपमा देश, समाज र आप्mनो परिवार प्रति उत्तर दायित्व सहित केही गर्न सक्ने सामर्थी रहने विश्वास रहेको समेत बताए । शिक्षा भनेको मानिसलाई मानिस बनाउने तत्व हो त्यसैबाट हामिले बाकि जिवन चलाउने गर्ने समेत बताए ।

विप्लव निकट अखिल (व्रmन्तिकारी)का घोराही नगर अध्यक्ष  खुम रिजाल, अखिल (व्रmन्तिकारी)दाङको संयोजक गिर बहादुर महरा, अनेरास्ववियु दाङका सह संयोजक वसन्त भन्डारी, नेबिसंघ केन्द्रिय सदस्य निरज गिरि, महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति  बालकृष्ण डांगी,  नेपाल पत्रकार निवर्तमान अध्यक्ष सविन प्रियासन,भरत महेन्द्र बहुमुखी क्याम्पस प्रमुख भरतराज न्यौपाने लगायतले मन्तव्य राखेको थियो ।

उक्त कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसको ६४औं अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण, नवआगन्तु विद्यार्थीहरुलाई स्वागत सहित विद्यार्थीहरुले नृत्व पनि देखाएका थिए ।

स्ववियु अध्यक्ष मनोज डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख अतिथिमा भएको कार्यक्रमको सहजिकरण सचिव बसन्त भण्डारी सदस्य रमिला शर्माले गरेका थिए ।

Facebook Comments