• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप




काठमाडौं । नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीनस्वीप गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी हुँदै सिरिज क्लीनस्वीप गरेको हो । सिरिज नेपालले ३-० ले विजयी भएको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४।४ ३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा अनिल साह र भीम सार्कीको नटआउट शतकीय पारि महत्वपूर्ण रह्यो ।

लक्ष्य पछ्याने क्रममा कुशल भुर्तेल र अनिल साह क्रिजमा आएका थिए । ४।५ ओभरमा ४५ रन भएका बेला  नेपालले पहिलो विकेट गुमाएको थियो । आक्रमक सुरुआत गरेका बेला कुशल भुर्तेल १४ बलमा १३ रन बनाएर आउट भएका थिए । त्यसपछि अनिल साह र भीम सार्की मिलेर नेपालको परि अघि मात्रै बढाएनन् जित दिलाएर पभेलियन फर्किए । अनिलले १२४ बलमा २ छक्का र १२ चौकाको मद्दतले ११२ रनको नटआउट शतकीय पारि खेले । अनिलको एक दिवसीय करियरको पहिलो शतक हो ।

यसैगरी भीम सार्कीले १२९ बलमा १०१ रनको नटआउट शतकीय पारि खेले । उनले १ छक्का र ११ चौका प्रहार गरेका थिए ।

नेपालले गुमाएको १ मात्र विकेट क्यानडाका डिलोन हेइलजरले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियो ।

नेपालका लागि आजको खेलमा डेब्यु गरेका हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा ललित नारायण राजवंशी र आकाश चन्दले एक एक विकेट लिए ।

क्यानडाका लागि नभनित दालीवालले अर्धशतक बनाए । उनले ८२ बलमा ५० रन बनाउँदै आउट भएका हुन् । त्यस्तै निखिल दत्त ४५ रनमा रन आउट हुँदा हर्ष थाकरले २९, श्रृयस मोभ्वाले २५ रनको योगदान गरे । श्रीमन्थ विजेयीरात्नेले २२ र साद विन जाफर ३१ रनमा अविजित रहे ।

दुई खेल जित्दै नेपालले क्यानडाविरुद्धको सिरिज जितिसकेको छ । पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकाल्दा दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

Facebook Comments