• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाचौं हापुर फुटबल प्रतियोगिताका लागि टाइसेट सार्वजनिक




भ्यूमान पुन

घोराही । पाचौं हापुर कप खुला नकआउट फुटबल प्रतियोगिताको टाइसेट सार्वजनिक भएको छ । हापुर युथ क्लब घोराही दाङको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन गर्न लागिएको फुटबल प्रतियोगिताको टाइसेट सार्वजनिक गर्नुभएको हो ।

घोराही १२ हापुर बिजौरी खेल मैदानमा सञ्चालन गर्न लागिएको फुटबल प्रतियोगिताको तयारी पुराभएसँगै आईतबार टाइसेट सार्वजनिक गरिएको क्लबका अध्यक्ष विनोद विकले जानकारी दिनुभयो ।

खेलमा प्रतिस्पर्धा गर्न विभिन्न जिल्लाका क्लबबाट २७ टिम दर्ता भएका छन् । प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, उपबिजेता टिमलाई नगद रु २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष विकले बताउनुभयो ।

यस्तै विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारसहित सम्मान गरिने समेत विकले बताउनुभयो । खेल फिमा नियम अनुसार गराइने खेल आयोजक समितिले जानकारी दिएको छ

फागुन १ गतेदेखि संचालन हुने उक्त प्रतियोगिताको फाईनल खेल फागुन १० गते हुने आयोजकले जनाएको छ ।

Facebook Comments