घोराही । दाङको बंगलाचुली गाउँपालिकाले जनयुद्ध दिवस मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त ढकालले सूचनामार्फत जानकारी दिएका छन ।
सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, कार्यपालिका बैठकले बंगलाचुली गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम बंगलाचुली गाउँपालिका भित्र फागुन १ गते स्थानिय सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।