• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रमा गजबको निर्णयः अभियानमा खट्नेलाई बधाई पत्र, नखट्नेलाई कारवाही पत्र




काठमाडौं, २९ माघ ।
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूरै खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र, १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments