• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विरामी भई थलिएकी भूमाको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग




कमरेचौर । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी भुमा अधिकारीको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले १ लाख ६३ हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।

रोजगारीका लागि कोरीया पुगेका दाङको बंगलाचुलीका जगत बहादुर घर्ति मगरले ५० हजार कोरियन वोन, तकमान घर्ति मगरले ५० हजार, इमान घर्ति मगरले ५० हजार, झग्गु वलीले ५० हजार, अर्जुन खत्रिले ५० हजार, ठाकुर डाँगीले ३० हजार , प्रकाश घर्ति मगरले ३३ हजार ३ सय ३३, मनोज वलीले ३० हजार, हेम कुमार वलीले ३० हजार, निराजन महराले ३० हजार, शुरेश वलीले ३० हजार, विपिन महरा ३० हजार, ऋषि केसिले ३० हजार, किरण वलीले ३० हजार, केशव वलीले ३० हजार, नविन घर्ति मगरले ३० हजार, डोम सोति मगरले ३० हजार, भानु वलीले ३५ हजार, श्रि सापकोटाले ३० हजार, चुमानसिंह बुढाले ३० हजार, झमन सिंह बुढाले ४० हजार, भेषराज बुढाले ३० हजार, खुम ठेडि मगरले ३० हजार, खिमान थापाले ३० हजार, तारा पुनले ३१ हजार, यंकराज पुनले ३० हजार, खगेश्वर वलीले ५० हजार, चुमान थापाले ३० हजार, विबेक खत्रीले ३० हजार, मधु वलीले ५५ हजार र मिन बहादुर थापाले ४५ हजार, गिर बहादुर बुढा मगरले ६६ हजार ६ सय ६६, हर्क बुढाले ५५ हजार ५ सय ५५, मधु रावतले ३० हजार, रमेश नेपालीले २० हजार कोरियन वोन सहयोग गर्नुभएको छ ।

त्यसैगरी, घोराहीका पवन जयले ३० हजार, भेष खड्काले ३० हजार, सुवास वस्नेतले ३० हजार, सुदन पौडेलले ३० हजार, दिपक श्रेष्ठले ३० हजार, सुरज श्रेष्ठले ३० हजार , जिवन पाण्डेले २१ हजार कोरियन वन सहयोग गरेका छन । यस्तै काठमाण्डौका प्रमोद पाठकले ३० हजार, पाल्पाका राम पोख्रेलले ३० हजार, स्याङ्जाका उमेश विश्वकर्माले ३० हजार, स्याङ्जाकै प्रकाश रिजालले ३० हजार, स्याङजाकै दिनेश पाठकले २० हजार ओखलढुङ्गाका डेभिन दाहालले १० हजार, बाग्लुङका स्याम थापा मगरले १५ हजार कोरियन वोन गरी जम्मा १६ लाख ४७ हजार ५ सय ५४ कोरियन वोन अर्थात नेपाली १ लाख ६३ हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।

उक्त रकम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रशासन शाखा प्रमुख गोपाल केसीको रोहबरमा हस्तान्तरण गरिएको हो । दाङको बंगलाचुली गाउँपालिका, तथा अन्यत्र स्थानबाट रोजगारिका लागि दक्षिण कोरिया पुगेका सहयोगी मनभएका युवाहरुले पिडित भुमाको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेर संकलन गरेको उक्त रकम बंगलाचुली गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र प्रशासन शाखा प्रमुखको रोहबरमा रकम हस्तान्तरण गरीएको हो ।

हालै कोरिया बसि फर्केर आउनुभएका बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का लुम बहादुर वलीले हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम संकलनका लागि नेपाल बाट सहजिकरण गर्नुभएका बंगलाचुली गाउँपालिका वडा नम्वर ६ निवासी समाजसेवी युवा वासुदेव महराले उपचाररत भुमाका आभन्तलाई बुझाउनु भएको छ । पिडित भुमा अधिकारीको अहिले काठमाण्डौंमा उपचार भइरहेको छ ।

Facebook Comments