• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीले बुझायो रुक्मिणी माविलाई ज्ञापनपत्र




रुकुमपूर्व । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी रुक्मिणि माबि मुल इकाई  कमिटीले बिद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न मागहरु राख्दै आइतबार संगठनका जिल्ला कार्यालय सदस्य बिमल बिकको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष प्रकाश शेर्पालीको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्ललाई संगठनले ज्ञापनपत्र बुझाएको इकाई कमिटीका उपाध्यक्ष बिपन बुढाले जानकारी दिनुभएको छ ।

इकाई कमिटीले बिद्यालयमा वर्तमान अवस्था भन्दा अझ राम्रो शैक्षिक गुणस्तर शिक्षा कायम गर्ने योजना बनाउनुका साथै बिद्यालयको स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा अत्यन्त सकारात्मक प्रभाव पर्ने  स्टाफ नर्स राख्न थप स्रोत व्यवस्थापन गर्न, बिद्यालयले आर्थिक पारदर्शिता लाई थप स्रोत जुटाउन, विद्यार्थीहरु विद्यालय समय अगाबै बिषय छोडेर घर जाने कार्य भएको हुनाले यसकार्यलाइ तत्काल बन्द गराउन , विद्यालयको खेलमैदानमा थुप्रीएर  रहेको माटोले खेल अभ्यास गर्न असहज भएको हुनाले यसलाई छिटो व्यवस्थापन गर्न, विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राख्दै शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिदिन  बिषयहरूमा छिटोभन्दा छिटो ध्यान दिन माग गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बिद्यार्थीहरुका सबै मागहरूलाई सम्बोधन गरेर लैजाने बताउनुभएको छ । त्यस्तै प्रधानाध्यापक मल्लले  बिद्यार्थीहरुका माग तथा सल्लाह सुझावलाई रचनात्मक तरिकाले हल गर्ने बताउनुभएको छ । बिद्यालयमा पछिल्लो समय धेरै समस्याहरु देखिएको र सबै समस्यालाई अभिभावक, बिद्यालय ब्यबस्थापन समिति, अभिभावक संघ, शिक्षक सबैले आफ्नो ठाउँबाट पहल गरिने प्रधानाध्यापक मल्लले बताउनुभएको छ ।

Facebook Comments