• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ एक्स्पोः सोमबार खेम सेन्चुरी र सम्झना भण्डारीसहितका कलाकार आउँदै




घोराही । ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको सातौं दिन चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने भएको छ । सेन्चुरीसंगै सोमबार चर्चित लोक दोहोरी गायिकका सम्झना भण्डारी, अर्का गायक हरि पाण्डे, डान्सर बिमला थापासहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा माघ २३ गतेदेखि सुरु भएको थियो ।

साथै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

फागुन ८ गतेसम्म चल्ने एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ ।।

Facebook Comments