• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेयर कप विजेता खेलाडीहरुलाई सम्मान




घोराही । घोराहीमा हालै सम्मपन्न भएको छैठौँ मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी विजेता वडा नम्बर १७ ले खेलाडीहरुलाई सम्मान गरेको छ ।

वडा अध्यक्ष रामलौटन चौधरीको अध्यक्षतामा कार्यक्रम गरी नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी सहित वडाका जनप्रतिनिधीहरुले विजेता खेलाडीहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले मेयर कप खेलले वडा तहबाटै खेलको विकासको आरम्भ भएको बताउनुभयो । यस बर्षको खेलमा ग्रामिण तहका खेलाडीहरुको खेल उत्साहजनक भएको बताउनुभयो ।

नगरले सबै क्षेत्रका खेलहरुलाई समान नजरले हेरेको उल्लेख गर्नुभयो । उपप्रमुख हुमाकुमारी डिसीले युवाहरुलाई अनुशासित र स्वस्थ बनाउन यस्ता खेलहरुले ठूलो भूमिका खेलेको बताउनुभयो । साथै विजेता खेलाडीहरुलाई सम्मान स्वरुप सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।

Facebook Comments