कमिरेचाैर । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा टाेलकाे घाटमा जाने झण्डै दुई किलोमिटर बाटोको मर्मत गरिएको छ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले सुरु गरेको जनतासँग जनप्रतिनिधि तथा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान अन्तर्गत शनिबार सो बाटोको मर्मत गरिएको हो।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाटाका स्थानीयहरूको सहभागितामा सो बाटो मर्मत गरिएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।
फाटाका स्थानीय तथा जनप्रतिनिधिको सहभागितामा झण्डै २ किलोमिटर बाटो बनाइएको अध्यक्ष डाँगीले बताउनुभयाे। बंगलाचुली गाउँपालिका वार्ड नं ४ फाटाका झण्डै सय स्थानीयको सहभागितामा सो बाटो बनाइएको हो। त्यस अवसरमा वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगी ,वडा सदस्यहरु नारायणी गिरी, बोधे दमाई र मीना परियारको सहभागिता रहेको थियो। बङ्गलाचुली गाउँपालिका वार्ड नं ४ ले हरेक महिनाको अन्तिम शनिबार विभिन्न टोलहरूमा श्रमदान मार्फत यस्ता विकास निर्माणका कामहरू गर्दै आएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।