• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै




देउखुरी । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कमिटीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माका अनुसार फागुन १ गते देखि उक्त खेलकुद प्रतियोगिता शुरु हुने भएको छ।

फुटबल प्रतियोगिता फिफाकाे नियम अनुसार सञ्चालन हुने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार र द्वितीय हुने टिमलाई १२ हजार रुपैयाँका नगद सहित मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिने कमिटीका सचिव बसन्त नेपालीले जानकारी दिनुभयो।

सचिव नेपालीका अनुसार टिम दर्ता गर्न १ हजार रुपैयाँ शुल्क लाग्ने छ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २७ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ।

टिम दर्ता गर्नका लागि कमिटीका काेषाध्यक्ष जगत बहादुर थापा लाई ९८४८७४२७७७,९८२२४८४२६१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

Facebook Comments