• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यानडाद्वारा नेपाललाई २८६ रनको लक्ष्य




दाङ । क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो।

क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए। उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे। उनले ४२ बलमा ४ चौका प्रहार गरे।

त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए।

त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे। निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए।

नेपालले क्यानडाविरूद्धको सिरिजको पहिलो खेल ७ रनले जितेको थियो।

Facebook Comments