• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा १५ औं जिल्लास्तरीय रनिङ शिल्ड सुरु




रुकुमपूर्व । रुकुम पूर्वमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भूमे गाउँपालिका वडा नम्बर ६ महतकाे बृहत रंगशालाकाे खेलमैदानमा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।पालिका स्तरीय शिल्डबाट छनोट भएका खेलाडीहरूको जिल्ला स्तरीय शिल्डमा सहभागिता रहेको छ।जिल्ला स्तरीय शिल्ड लुम्बिनी प्रदेश सभा सदस्य सुरूल पुनले उद्घाटन गर्नुभएकाे हाे।

सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिका भित्रका विद्यार्थी शिल्डमा सहभागी छन् ।१५ औँ जिल्ला स्तरीय रनिङ शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरीका एक सय मिटर देखी ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड, हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने हुनेछ।

रुकुम पूर्व जिल्लालाई चिनाउन सक्ने वातावरण बनाउनु पर्ने र खेलमा जीत र हार स्वाभाविक रहेकोले निर्धक्क आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्न उहाँले सबै विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ । प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सुरूल पुनले खेलाडीले आफ्नो क्षमता देखाउने राम्रो थलो भएको बताउनुएकाे छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनारको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुनको प्रमुख र जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विव्यस अध्यक्ष, शिक्षक अभिभावक सङ्घ, शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।

Facebook Comments