• २५ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान पिता कोइरालाको स्मृति दिवसमा जेष्ठ नागरिकलाई सहयोग




देवा जिसी

दाङ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आठौं  स्मृति दिवसको अवसरमा
घोराही उपमहानगरपालिका-१५ मा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई फलफूल,खाद्यान्नलगायतका सामाग्री सहयोग गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका तत्कालीन प्रधानमन्त्री कोइरालाको त्यसै वर्ष माघ २५ गते निधन भएको थियो । सादगी नेताको परिचय बनाएका कोइरालाले ७० वर्षअघि बिपी कोइरालाले अघि सारेको संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल भएका थिए ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २(क) का सभापति प्रकाश श्रेष्ठको  अध्यक्षतामा तथा  नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री  खगराज पाण्डेको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीमप्रकाश खड्काकाे बिशिस्ट अातिथ्यतामा आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य नारायणप्रसाद अधिकारी,राजकुमार धिताल,कांग्रेस घोराही नगर उपसभापति  दुर्लभ केसीलगायतको सहभागीता रहेको थियोे ।

जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बारेमा अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी गराएको  थिए भन्ने नेपाली कांग्रेस दाङ क्षेत्र नं २(क) का कोषाध्यक्ष नारायण भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मायाकुमारी पोख्रेलले गरेकी थिइन् ।

Facebook Comments