• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी)द्वारा राप्ती बबई क्याम्पसका विद्यार्थीलाई स्वागत/ सम्मान




तुलसीपुर । अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस मूल इकाई समितिको आयोजनामा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यार्थीलाई खादाले स्वागत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएका थिए साथै क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थुयो ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिब विस्वराज आचार्य , अखिल (क्रान्तिकारी) लुम्बिनी प्रमुख सचिब राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्थे, कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन एचआर मगरले गर्नु भएको थियो ।

Facebook Comments