• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाध्यक्षको सेवासुविधा विद्यालयलाई




घोराही । रोल्पाको रुन्टीगढी गाउँपालिका– ६ डुब्रिङका वडाध्यक्ष घनबहादुर घर्तीले आफ्नो सेवासुविधाको रकम विद्यालयलाई सहयोग गरेका छन् । वडाध्यक्ष घर्तीले वडाबाट आफूले प्राप्त गर्ने सेवासुविधा वापतको ३५ हजार रुपैयाँ  विद्यालयलाई सहयोग गरेका हुन् ।विद्यालयका विद्यार्थीहरुलाई नियमित र अतिरिक्त क्रियाकलापमा जोड्ने उद्देश्यले वडामा रहेका ७ वटा विद्यालयका प्रअहरुलाई नगद ५/५ हजारको दरले नगद उपलब्ध गराएको वडाध्यक्ष घनबहादुर घर्तीले बताए । सरकारले विद्यालयमा गरेको दिवाखाजा कार्यक्रम अत्यन्तै राम्रो भएको भन्दै वडाध्यक्ष घर्तीले त्योसँगै विद्यालयमा विद्यार्थीको उपस्थितिलाई अझै प्रभावकारी बनाउन अतिरिक्त क्रियाकलापको आवश्यता पर्ने कुरामा जोड दिए । सोही क्रियाकलापमा विद्यार्थीहरुको सहभागितालाई बढाउनको लागि सानो भएपनि पुरस्कारको भूमिका महत्वपूर्ण हुने र त्यसबाट विद्यार्थीरुमा पनि हौसला प्रदान हुने भएकाले वडाका विद्यालयलहरुलाई नगद सहयोग गरेको वडाध्यक्ष घर्तीको भनाइ छ ।

वडाले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वडास्तरमा जनप्रतिनिधि, विद्यालयका प्रअ, विव्यस अध्यक्ष, विषयगत शिक्षक र अभिभावकहरुको मासिक घुम्ती बैठक सञ्चालन गर्दै आइरहेको छ । घुम्ती बैठकमा सम्बन्धित विद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले गरेका र बनाएका कार्ययोजना पेश गर्ने र सोको विषयमा व्यापक छलफल गर्दै अगाडि बढिरहेको अध्यक्ष घर्तीले बताए । सोही अन्तर्गत बिहीबार शिव प्राथमिक विद्यालय सापडाँडाँमा सम्पन्न घुम्ती बैठकमा वडाध्यक्ष घर्तीले विद्यालयका प्रअहरुलाई नगद सहयोग गरेका थिए ।

वडामा नेपाल राष्ट्रिय माध्यामि विुद्यालय, त्रिपुरेश्वरी आधारभूत विद्यालय, बागेश्वरी प्राथमकि विद्यालय, जालनेटा प्राथमिक विद्यालय, बालविकास प्राथमिक विद्यालय, जनजागृति प्राथमिक विद्यालय  र शिव प्राथमिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वडाले वडास्तरमा सञ्चालन गरेको मासिक घुम्ती बैठक निकै प्रभावकारी ढंगले अगाडि बढेको वडा कार्यालयले जनाएको छ ।

स्थानीय चुनावमा निर्बाचित भएपछि वडाध्यक्ष घनबहादुर घर्तीले निर्वाचनको सयममा जनतासँग गरेका बाँचा र चुनावी एजेण्डा अनुसार नै काम गर्दै आइरहेको बताए । उनले आफू स्थानीय निर्वाचनमा निर्वाचित भए आफूले वडाबाट प्राप्त गर्ने सम्पूर्ण सेवासुविधा बापतको रकम सामाजिक कार्य खर्च गर्ने घोषणा गरेका थिए । सोही अनुसार यसअघि नै आफूले प्राप्त गरेको सेवासुविधा बापतको रकम सडक निर्माण, विद्यालयको भनव निर्माण लगायतका शीर्षकमा करिब २ लाख रुपैयाँ खर्च गरिसकेको वडाध्यक्ष घर्तीले सिस्ने अनलाइनसँगको कुराकानीमा बताए ।

साथै उनले निर्वाचित भएदेखि हालसम्म सरकारी मोटरसाइकल र इन्धन प्रयोग गरेका छैनन् । अध्यक्ष घर्तीले आवश्यक काममा जान र आउनका लागि आफ्नै निजी मोटरसाइल र इन्धनको प्रयोग गर्ने गरेका छन् ।

Facebook Comments