• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व प्रतिष्पर्धि जनशक्ति आबश्यक: मन्त्री खनाल




दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले विश्वमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न परिवार, विद्यालय र विद्यार्थिकाे संयुक्त प्रयास आबश्यक पर्ने बताउनु भएकाे छ । घाेराही स्थित शान्ति निकेतन विद्यालयकाे  बिसाैं वार्षिकाेत्सवकाे उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रतिष्पर्धि जनशक्ति उत्पादन गर्नु पर्ने र त्यसका लागि संयुक्त प्रयास आबश्यक पर्ने बताउनु भयाे ।

मुलुकमा गुणस्तरिय शिक्षाका लागि संस्थागत विद्यालयकाे भूमिका महत्वपूर्ण रहेकाे भन्दै मन्त्री खनालले विद्यालयहरूले बालबालिकालाई कितावि ज्ञानमा मात्र सिमित गर्न नहुनेमा जाेड दिनुभयाे । उहाँले विद्यालय तहबाटै अनुशासन र कर्तव्य पालनाकाे शिक्षा दिनुपर्नेमा पनि जाेड दिनुभयाे ।

स्वास्थ्य र शिक्षालाई जनताकाे पँहुचमा पुर्याउन सरकारले काम गरिरहेकाे भन्दै प्रदेशका स्वास्थ्य मन्त्री खनालले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्न मन्त्रालयले याेजनाबद्द ढँगले काम गरिरहेकाे जानकारि दिनुभयाे ।

Facebook Comments