• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिआइसियु सेवा सुरू




बुटवल।रूपन्देहीकाे बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआइसियु) सेवा सुरु भएको छ।आज बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरेका हुन्।

परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सीको पहिलो तल्ला र २८ दिन देखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए।

उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यस अस्पतालमा गर्दै आएको बताए।
उनले अस्पतालहरूमा देखिएका भौतिक एवम् जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अवस्था हुनु सकारात्मक रहेको बताए।

उनले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने बताए।
मातृ र बाल मृत्यु दर उच्च रहेको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआइसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। साथै उनले बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रेफर गर्न नपर्ने अवस्था सिर्जना गर्न निर्देशन दिए।
बाल रोग विभाग प्रमुख किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताए। उनले लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको बताए। उनले गुणस्तरीय सेवा प्रदान गर्न कुनै कमजोरी नराख्ने उल्लेख गरे।

अस्पतालका प्रसूति विभाग प्रमुख भक्त बस्याल (बिबि) राउत ले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि जनताको भीड बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए। उनले यो सुविधा थप्दा जनशक्ति थपिने भएकोले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नेपालभरकै तेस्रो अस्पतालको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु गरिएको उनले जानकारी दिए। नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि यो प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थीकाे अध्यक्षतामा भएकाे थियाे ।

Facebook Comments