• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गद्वारी गुठीपीडित किसानद्वारा आन्दोलनका कार्यक्रम घोषणा




घोराही । दाङमा स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोही अधिकार कार्यान्वयनको माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

गुठीपीडित किसानहरुले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेर शान्तिपूर्ण प्रदर्शन, प्रशासन कार्यालय घेराउदेखि सडक बन्दका कार्यक्रम घोषणा गरेका हुन् ।

किसानहरुले गुठीपीडित मोही किसानको समस्या समाधान गर्न सरकारले विधेयक ल्याउने भनी आश्वासन दिएको र हिउँदे अधिवेशन शुरु हुँदा पनि कुनै तयारी नभएको भन्दै आन्दोलनमा जानुपरेको बताएका छन् ।

सरकारले स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बोधन गर्न प्रयास नगरेको भन्दै चरणवद्धरुपमा आन्दोलनको घोषणा गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

उनीहरुले फागुन ८ गते घोराही बजारमा ¥याली तथा सभा गर्ने, फागुन ९ गतेदेखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङमा २४ घण्टे धर्ना दिने, फागुन १३ गतदेखि १५ गतेसम्म ¥यालीसहित राजनीतिक पार्टीका कार्यालयमा धर्ना बस्ने, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा ¥यालीसहित धर्ना र पूर्व–पश्चिम राजमार्ग दुई घण्टा सुतेर बन्द गर्ने र ऐक्यवद्धता जनाउन आउनेहरुलाई पनि कम्तिमा एक घण्टा सहभागी गराउने भएका छन् ।

यसैगरी फागुन २७ र २८ गते देशभरका गुठीपीडित किसानहरुको सम्मेलन घोराहीमा आयोजना गर्ने, दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने र चैत १ गतेदेखि दाङ बन्द वा काठमाडौं केन्द्रित आन्दोलन गर्ने गुठीपीडित मोही किसानहरुले घोषणा गरेका छन् ।

 

 

Facebook Comments