होलेरी । न्यायीक समितिको जिल्लास्तरीय प्रथम घुम्ती बैठक सम्पन्न भएको छ । समितिको जिल्लास्तरीय प्रथम घुम्ती बैठक रोल्पाको रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको हो ।
बिहिबार भएको बैठकमा रोल्पा जिल्लाका प्रत्येक स्थानीय तहहरुको न्यायीक समितिको संयोजक तथा न्यायीक समिति सदस्य सचिबहरुकोे सहभागिता रहेको थियो । बैठकमा न्यायीक समितिहरुले आ आफ्नो पालिका न्यायीक समितिले गरेका क्रियाकलाप तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । रोल्पामा १० पालिका भए पनि ७ पालिकाको न्यायीक समितिको मात्र सहभागीता रहको थियो । अन्य तीन पालिका गङगा देव, परिर्वतन , थावाङ गाउँपालिकाको भने सहभागिता रहेको थिएन । ती तीन पालिका मध्य ७ वटा पालिकाका न्यायीक समितिहरुले आ आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
जस मध्य रोल्पा नगर पालिकाको न्यायीक समितिमा २०८०। ८१ मा १८ वटा,त्रिबेनीमा २६ वटा, माडीमा १२ वटा, सुनिल स्मृतिमा १६ वटा लुङग्रीमा ११ वटा,सुनछहरीमा ४ वटा र रुन्टीगढीमा ५५ वटा निबेदन न्यायका लागि परेका थिए । यसरी प्रतिबेदन प्रस्तुत गर्ने क्रममा सबै भन्दा बढी निबेदन पर्ने न्यायीक समिति रुन्टीगढी गाउँपालिका भएको छ ।यसरी बढी निबेदन पर्नुको पछाडी रुन्टीगढी गाउँपालिकाको न्याय सम्पादनमा जनताले बढी न्यायको अनुभुति गरि समिति प्रति भरोसा गरेको कारण पनि निबेदन बढी परेको गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बताउनभयो ।
त्यसै गरि स्थानिय सरकारमा न्यायीक समिति हुँदा खेरी प्रहरी कार्यालयलाई समेत भार कम पर्ने गरेको इप्रका होलेरीका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले बताउनुभयो । उहाँले भन्नु भयो “केही मुद्दाहरु हामीले हेर्ने नमिल्ने प्रकारको हुन्छन त्यसलाई गाउँपालिका पठाउँछौ केही मुद्दाहरु पालिकाले हेर्ने नमिल्ने प्रकारको हुन्छन त्यसलाइ हामी कहाँ पठाउनु हुन्छ र हामीले हेर्छौ यसरी हामीले रुन्टीगढी गाउँपालिकाको न्यायीक समितिसँग समन्वय गरेर अगाडी बढी रहेका छौ” । त्यसैगरि उहाँले अन्य पालिकाहरुले पनि यसैगरी समन्वय गरेर न्याय सम्पादन गरे सजिलो हुने सुझाब समेत दिनु भएको थियो ।
रुन्टीगढी गाउँपालिका न्यायीक समिति सदस्य रिता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सरिता केसी प्रमुख अतिथी रोल्पा नगरपालिका उपप्रमुख तथा न्यायी समीति संयोजक गिता आचार्य रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण रुन्टीगढी गाउँपालिका जेष्ठ नागरिक शाखा प्रमुख पार्वती लामिछानेले गर्नु भएको हो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।