• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर महोत्सव: बढ्दै दर्शक, थपिदै स्टलहरु




तुलसीपुर । दंगीशरण–५ बालापुरका यनबहादुर विश्वकर्मा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघद्वारा आयोजित तुलसीपुर महोत्सव २०८० मा सहभागी हुनुभएको छ । आफैले आरनमा उत्पादन गरेका सल्यानी खुकुरी, सिरुपाते खुकुरी, हँसिया, फरुवालगायतका सामग्रीहरु उहाँको स्टलमा पाइन्छ ।

कृषि प्रदान देश भएर होला सायद कृषि औजार तथा खुकुरी निर्माण उद्योगको नाममा रहेको उहाँको स्टलमा महोत्सवमा आउनेहरु नजर पर्ने गरेको छ । तुलसीपुर–६ का मोहन भण्डारीले बिहीवार उक्त स्टलबाट तरकारी काट्ने चुलसी किन्नुभयो । ‘हामी सानो छँदा घरमा तरकारी तथा अन्य वस्तु काट्न प्रयोग हुने कलात्मक हतियार छ, यो । त्यसकारण किनेको हुँ’– उहाँले भन्नुभयो– ‘हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुटो, कोदालो, खुँडा, हँसियालगायतका स्थानीयस्तरमै उत्पादन भएका औजारहरु रहेछन् । अहिले यस्ता कलात्मक औजारहरु लोप हुँदै गएका छन् । त्यसैले यसको प्रवद्र्धन होस् भनेर खरिदेको हुँ ।’ मेलामा स्थानी उत्पादनको राम्रै व्यापार हुने भण्डारीले बताउनुभयो ।

त्यस्तै महोत्सवमा सामान्यतया घरायसी प्रयोगका सामग्री, लत्ता कपडा, खाद्यान्नलगायतका वस्तुहरुका स्टल छन् । महोत्सवको पूर्व तयारीमा बनाइएको स्टलहरु कम हुने भएपछि आज दोस्रो दिनबाट स्टल थप गर्न थालिएको छ । आयोजकका अनुसार व्यवसायीहरु थपिने क्रम बढेकोले स्टल थप गर्नुपरेको हो । आवश्यकताका आधारमा स्टल थप हुने छन् भने अपेक्षाकृत दर्शक उपस्थित हुने देखिएको छ ।

त्यस्तै दोस्रो दिन चर्चित कलाकारहरु आउने भएपछि दर्शकहरुको उपस्थिति उल्लेख्य रह्यो । महोत्सवमा चर्चित कलाकारहरु गायक रामजि खाँड, मञ्जु भट्टराई तथा हाँस्य कलाकार विष्णु जी पाण्डेले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकार मञ्जु भट्टराईले ‘सिक्री घाँटीमा, भेट्न आउ मया नि रेलिमइ अर्घाखाँचीमा’ बोलको गित गाउँदै दर्शकहरुलाई नाच्न प्रेरित गरिन । त्यस्तै हाँस्य कलाकार पाण्डेले प्रस्तुतीमार्फत छरिएर रहेका दर्शकहरुलाई स्टेचतर्फ आकर्षित गरे ।

‘जिम्माल बा कि छोरी, अँध्यारोमा लाको माया कालि छौकी गोरी ?’ बोलको गित गाउँदै कलाकार राम जी खाँडले उपस्थित अधिकांश दर्शकलाई नचाए । कलाकार खाँडले छलछल पानी गाग्रीमालगायतका गित गाउँदै दिन ढल्दै जाँदा माहोत भने तताए । त्यस्तै महोत्सवमा अन्य स्थानीय कलाकारहरुले एकल प्रस्तुति राखेका थिए भने दोहोरी गित प्रतियोगिता पनि सञ्चालन भएका थिए । महोत्सवमा तेस्रो दिन पुस्कल शर्मा, सम्झना रणपाल, विष्णु सिंजालीलगायतका कलाकारहरु आउने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments