• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महोत्सवमा राखिएका स्टलहरुमा चेम्बरको अनुगमन




भ्यूमान पुन

घोराही । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो २०८० मा राखिएका स्टलहरुमा दाङ चेम्बर अफ कमर्शको  टोलीले अनुगमन गरेको छ ।

दाङ चेम्बर अफ कमर्शको आयोजनामा भएको मेलाका स्टलहरुमा रहेको खाद्यान्नहरुको गुणस्तर कस्तो छ, लेवलहरु सहि छन् की छैनन् भन्ने हेतुले मेलामा पनि अनुगमन गरिएको आयोजक मुल समितिका संयोजक तथा संघका अध्यक्ष  विकास अग्रवालको बताउनुभयो ।  अनुगमनबाट मेलामा राखिएका खाद्य बस्तुहरु सन्तोषजनक पाईएको पनि उहाँले बताउनुभयो ।

एकाध रुपमा रहेका  खाद्यान्नहरुमा मूल्य नरहेको पाईएको र त्यसलाई तत्काल सुधार गर्न सुझाव दिईएको उहाँले बताउनुभयो । मेला तथा महोत्सवमा राखिने लत्ताकपडा तथा खाध्यान्नहरु न्युन गुणस्तरका हुने कुराहरु आएकाले त्यसलाई सुधार गर्नकालागि मेलामै अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आज पनि चर्चित कलाकारहरु आउँदै छन् । दाङ चेम्बर अफ कमर्सले आयोजनामा गरेको एक्सपोको आज तेस्रो चर्चित लोक गायक सन्दिप न्यौपाने, गायिका सिर्जना खत्री (हाउडेमाया) मोडेल सलिना थापा लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो । एक्सपोमा प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका सदस्य  यादव श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments