• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) पद्मोदयको दोस्रो सम्मेलन, अध्यक्षमा युवराज




घोराही । अखिल (क्रान्तिकारी) पद्मोदय पब्लिक नमूना मावि मूल इकाई समितिको दोस्रो सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।

संगठन पूर्वी दाङको आयोजनामा बुधबार लघोराहीमा सम्पन्न भएको दोस्रो सम्मेलनले युवराज रिजालको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा जिज्ञासा डाँगी, प्रसिद्ध बुढाथोकी पूर्णिमा शर्मा सुवेदी, प्रमिस जिसी, सचिबमा अमृत विक सहसचिव प्रतिभा केसी कोषाध्यक्षमा कञ्चन जायसवाल, छात्रा विभाग प्रमुखमा लक्ष्मी कुमारी रावत लगायत रहेका छन् ।

संगठनका सदस्य हिमाल सीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज खुमन सीले विद्यार्थीहरुको हक र अधिकारी प्राप्तिका लागि संगठनले विगतदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । शिक्षा क्षेत्रमा थुप्रै समस्या र बिकृतिहरु रहेको भन्दै उनले यसको समाधानका लागि वैज्ञानिक शिक्षा प्रणाली अनिवार्य भएको कुरामा जोड दिए ।

विज्ञान संकाय अध्ययनरत विद्यार्थी सुनिल डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) पूर्वी दाङका संयोजक दीपक सी, विद्यार्थी नेता खुम सी, विपना सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा विद्यालयमा अध्ययरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण युवराज रिजालले गरेका थिए ।

 

 

Facebook Comments