घोराही । घोराही उपमहानगरपालिकाले विद्यालयस्तरमा आयुर्वेदिक उपचार पद्धती र योगाभ्यासका बारेमा अभिमुखीकरण सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले समुदाय स्तर र विद्यालय स्तरमा विभिन्न सचेतना मूलक कार्यक्रम गरे अभिमुखिकरण गरेको हो । यसैक्रममा वडा नम्बर १ को अम्बिका मावि हर्नोकमा विद्यालय आयुर्वेद, स्वस्थ जीवन शैली र योग शिक्षाको बारेमा जानकारी गराएको हो ।
विद्यालयका प्रधानाध्यापक शान्तबहादुर पुनको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेय र वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरि विद्यार्थी तथा शिक्षकहरुलाई आयुर्वेद उपचार पद्धती, योग अभ्यास र स्वस्व जीवन शैली कसरी जिउने भन्ने बिषयमा आयुर्वेद डा. शारदा गौतम र कबिराज मनिषा चौधरीले प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य नै धन भएको बताउनुभयो । स्वस्थ व्यक्तिले मात्रै हरेक गतिबिधीहरु सहि ढंगले सञ्चालन गर्न सक्ने उहाँको भनाई छ । स्वस्थ जीवन शैलीका लागि खानपान, शारिरीक व्यायाम, असल चालचलन र सोचमा सकारात्मकता हुनुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष राममणि पाण्डेयले स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि नियमित शारिरीक व्यायाम र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।