• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ट्याक्सीमाण्डुमा बाइक सेवा पनि, सबैभन्दा सस्तो




राइड सेयरिङ एपमार्फत् ट्याक्सी सेवा दिदै आएको ट्याक्सीमाण्डुले बाइक सेवा पनि थपेको छ । सञ्चालनमा आएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । बाइक सेवा सुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकरात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका सिईओ अर्जुन केसीले बताए । बाइक सेवा पनि थप्न ट्याक्सीमाण्डुलाई लामो समयदेखि माग भइरहेको केसीको भनाइ छ ।

बाइक सेवा लिन चाहनेहरुलाई कम्पनीले आफै आफ्नो भाडा तोक्न मिल्ने सुविधा दिएको छ । सेवाग्राहीले आफु जाने गन्तव्यको आफैले उचित मूल्यमा भाडादर निर्धारित गर्न सक्नेछन् । ट्याक्सीमाण्डुले राइडर र प्यासेन्जरको बीमाको व्यवस्था पनि मिलाएको छ । अहिले राइडहरुले बिना शूल्क ट्याक्सीमाण्डुमा दर्ता हुने अवसर पाउनेछन् । त्यस्तै हाललाई सेवा वापत् कुनै पनि कमिसन राखिएको छैन । पछि पनि एकदमै कम कमिसन राखिने केसीले बताए । ट्याक्सीमाण्डुले अन्य कम्पनीहरुको तुलनामा निकै कम कमिसन लिने केसीको प्रतिबद्धता छ । कम्पनीले बढिमा १० प्रतिशतमात्रै कमिसन लिने उनले बताए ।

एपमा परिमार्जित गरेर केही थप फिचर्स पनि राखिएको छ । जसमध्ये ‘इन एप कलिङ’ फिचर पनि एक हो । यो फिचरमार्फत् चालक तथा प्यासेन्जरले भ्वाइस वा च्याटबाट एकअर्कामा सम्पर्क गर्न सक्नेछन् । यो फिचरका कारण अब चालक र प्यासेन्जरले एक अर्कालाई फोन गरिराख्नु पर्दैन । चालक र प्यासेन्जरलाई सुविधा दिने क्रममा ट्याक्सीमाण्डुले स्वास्थ्य सेवामा पनि ध्यान दिएको छ । ट्याक्सीमाण्डु एप प्रयोग गर्नेहरुले एप देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने सीईओ केसीले बताए । यसमा राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने बताइएको छ । सरकारले केही दिन अघिमात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।
User app download link https://onelink.to/taximandu
राइडर दर्ता गर्न अहिले कुनै सुल्क लाग्दैन . कम्पनी लाई कुनै कमिसन पनि तिर्नु पर्दिन . दर्ता गर्नकोलागी तलको लिन्क मा क्लिक गर्नुहोला
Bike , Taxi, EV , Car
https://onelink.to/q67yca

Facebook Comments