• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुबाको जीवन बचाइदिन छोराको याचना




श्रवण कुमार यादव 
राजपुर  । दाङको राजपुर गाउँपालिका-३ वसन्तपुरका राम सागर अहिर यति बेला उपचारकै क्रममा हुनुहुन्छ। उमेरले ६६ वर्षीय अहिर गत माघ १४ गतेका दिन आफ्नै गोठमा  बेलुका भैंसी बाँध्ने समयमा भैंसीले हानेपछि, उनि गम्भीर घाइते भएका हुन्।

अहिरलाई आफ्नै घरमा भैंसी बाँध्दै गरेकाे क्रममा दाम्लो हातमा फसेर अहिरलाई घिसार्दै लगि मर्ने अवस्था सम्म  पुर्याएको अवस्थामा पुगेका थिए। भैंसीले हानेर गम्भीर घाइते हुनु भएका अहिरलाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उहाँको नाक भाचिएको र केही नसाहरु चुडेको हुँदा सामान्य उपचार पश्चात बाँकेको कोहलपुर स्थित कोहलपुर मेडिकल कलेजमा एक हप्तासम्म उपचार गरिएको उहाँका माइलो छोरा समयदिन यादवले सिस्ने अनलाइनलाई जानकारी दिनुभयो ।

घाइते अहिरको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न सम्भव नभएपछि अहिले भारतको लखनउमा रहेकोे कृष्ण हस्पिटलमा भर्ना गरि उपचार भइरहेको छ। गम्भीर घाइते भएका अहिरको उपचारमा आर्थिक अभाव भएपछि यादवको जीवन बचाइदिन परिवारले गुहार गरेको छ ।

घाइते रामसागर अहिरलाई हालसम्म उपचार गराउदा ४ लाख बढी खर्च भएको र आर्थिक स्थिति नाजुक भएको हुँदा उपचारका लागि सहयोगको याचना गरिएको घाइते अहिरका भतिजो भरत यादवले जानकारी दिनुभयो । भरतका अनुसार घरमा अहिले आर्थिक अवस्था कम्जोर रहेकोले सहयोग माग्न बाध्य भएको बताउनुभयो ।

त्यस्तै घाइते रामसागर अहिरको उपचारका लागि सम्बन्धित निकायलाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ भने विश्वका विभिन्न देशमा बस्नु भएका नेपाली दाजुभाइ,दिदिबहिनीलाई पनि सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

यस्तै सहयोग गर्न चाहने व्यक्तिले निम्न व्यक्तिहरुसंग
सम्पर्क राख्न सक्नुहुनेछ ।
सम्पर्क व्यक्तिहरु:
समयदिन यादव
मो. नं.९८१०९७४१४४
एन आई शी एशिया बैंक
खाता नम्बर २२१५७५०६२९७१८००१
भरत यादव
मो.नं.९८१०९००८३६

Facebook Comments