• २५ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो सुरु




घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो २०८० सुरु भएको छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा मंगलबारदेखि घोराहीको झिंगौरामा सो एक्सपो सुरु भएको हो ।`स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यवसाय बिस्तार´ भन्ने नारासहित एक्स्पो फागुन ८ गतेसम्म सञ्चालन हुने भएको छ ।

दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विचारमा फरक भए पनि विकासका सवालमा एकमत हुन जरुरी रहेको बताउनुभएको छ । देशलाई विकास र औद्योगिकीकरणतर्फ लैजान सबै दल एकमत हुनुपर्नेमा मन्त्री साहको जोड थियो ।

दाङ चेम्बर अफ कमर्सकी उपाध्यक्षको स्वागत मन्तव्यबाट शुरु भएको सुरु भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेकपा माओवादी केन्द्र दाङका सदस्य बसन्त चौधरी, नेकपा एकीकृत समाजवादी दाङका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जनमत पार्टीकी केन्द्रीय सचिव राधा यादव, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, राप्ती चेम्बर्स अफ कमर्सका अध्यक्ष नेमलाल बेलबासे, सहप्रायोजक नेपाल टेलिकम घोराही शाखाका प्रमुख माधव खनाल, घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चेम्बरको कार्यालय घोराही–१५ शिव वस्तीबाट विभिन्न संस्कृति र भेषभूषासहितको शोभायात्रा गरिएको थियो । फागुन ८ गतेसम्म चल्ने एक्स्पोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्स्पो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै नि:शुल्क गरिएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ ।

कार्यक्रमको सञ्चालन महासचिव कृष्ण कार्की र पत्रकार गिरिराज नेपालीले गर्नुभएको थियो ।

 

 

 

Facebook Comments