• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै




दाङ । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग समन्वय भएको छ ।सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धि कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाईएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका ब्यक्तीहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए ।

घाइते तथा अपाङ्गता भएका ब्यक्तीको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो । परिबर्तनकालागि भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

 

Facebook Comments