• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युएनबीसी र सल्यान राइजिङ स्टार सेमीफाइनलमा प्रवेश




भ्यूमान पुन मगर

दाङ । घोराहीमा जारी प्रथम विक्रम पुनस्मृति खुला नकआउट फुटबल प्रतियोगितामा युएनबीसी र सल्यान राइजिङ स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेका छन् ।

घोराही -१८ नवलपुर खेलकुदमा मंगलबार भएको क्वाटरफाइनलतर्फ पहिलो खेलमा युएनबीसी र यञ्जयएफसीबीच भएको खेलमा ५-२गाेलले युएनबीसी सेमीफाइनलमा प्रवेश गरेकाे थियाे।

पहिलाे हाफकाे ३० औं मिनेटमा युएनबीसीका खेलाडी निराजन साहले गाेल गरे भने चेतन थारुले २ गाेल गर्दै पहिलो हाफमा युएनबीसीले ३-०‌ ले अग्रता लिएको थियो।

त्यसैगरी दाेस्राे हाफको खेलमा युएनबीसीका खेलाडी निराजन साहले २ गाेल गरे ‌ भने यञ्जयएफसीबाट बबी कवर र केशमान मगरले १/१गाेल गर्दै यञ्जयएफसी प्रतियोगिताबाट बाहिरिएको छ।

त्यसैगरी दाेस्राे खेलमा पहिलो हाफकाे २७औं मिनेटमा सल्यान राइजिङ स्टार क्लबका खेलाडी सुमित मल्लले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-०ले सल्यान राइजिङ स्टार क्लबले अग्रता लिएको थियो।

त्यसैगरी दोस्रो हाफमा दुबै टिम देखि गाेल हुन नसक्ने पछि सल्यान राइजिङ स्टार क्लबले १-०ले लोटस ट्रेनिङ सेन्टरलाई जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको थियो।

प्रतियोगिता अन्तर्गत माघ २५गते बिहीबारको सेमीफाइनल खेलमा पहिलो बि.एफ.एल रेड र युएनबीसी फूटबल क्लब यसैगरी दोस्रो खेलमा घोराही वडा नं ६ र सल्यान राइजिङ स्टार बीच हुने खेल संयोजक सरद भण्डारीले जानकारी दिए ।

घोराही १८ नवलपुर खेल मैदानमा बि.एफ.एल. फुटबल क्लबकाे आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष विवेक बुढाले जानकारी दिए ।

Facebook Comments