भ्यूमान पुन मगर
दाङ । घोराहीमा जारी प्रथम विक्रम पुनस्मृति खुला नकआउट फुटबल प्रतियोगितामा युएनबीसी र सल्यान राइजिङ स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेका छन् ।
घोराही -१८ नवलपुर खेलकुदमा मंगलबार भएको क्वाटरफाइनलतर्फ पहिलो खेलमा युएनबीसी र यञ्जयएफसीबीच भएको खेलमा ५-२गाेलले युएनबीसी सेमीफाइनलमा प्रवेश गरेकाे थियाे।
पहिलाे हाफकाे ३० औं मिनेटमा युएनबीसीका खेलाडी निराजन साहले गाेल गरे भने चेतन थारुले २ गाेल गर्दै पहिलो हाफमा युएनबीसीले ३-० ले अग्रता लिएको थियो।
त्यसैगरी दाेस्राे हाफको खेलमा युएनबीसीका खेलाडी निराजन साहले २ गाेल गरे भने यञ्जयएफसीबाट बबी कवर र केशमान मगरले १/१गाेल गर्दै यञ्जयएफसी प्रतियोगिताबाट बाहिरिएको छ।
त्यसैगरी दाेस्राे खेलमा पहिलो हाफकाे २७औं मिनेटमा सल्यान राइजिङ स्टार क्लबका खेलाडी सुमित मल्लले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-०ले सल्यान राइजिङ स्टार क्लबले अग्रता लिएको थियो।
त्यसैगरी दोस्रो हाफमा दुबै टिम देखि गाेल हुन नसक्ने पछि सल्यान राइजिङ स्टार क्लबले १-०ले लोटस ट्रेनिङ सेन्टरलाई जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको थियो।
प्रतियोगिता अन्तर्गत माघ २५गते बिहीबारको सेमीफाइनल खेलमा पहिलो बि.एफ.एल रेड र युएनबीसी फूटबल क्लब यसैगरी दोस्रो खेलमा घोराही वडा नं ६ र सल्यान राइजिङ स्टार बीच हुने खेल संयोजक सरद भण्डारीले जानकारी दिए ।
घोराही १८ नवलपुर खेल मैदानमा बि.एफ.एल. फुटबल क्लबकाे आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष विवेक बुढाले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।