• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भ्रष्टाचारलाई पार्टीको पनि कार्वाहीको बिषय बनाउन माओवादी केन्द्र दाङको सुझाव




दाङ ।नेकपा माओवादी केन्द्र दाङले भ्रष्टाचार लगायतका जघन्य अपराधलाई पार्टीको पनि कार्वाहीको बिषय बनाउनुपर्ने सुझाव दिएको छ ।
फागुन १ देखि ३ गतेसम्म हुने पार्टीको विधान अधिवेशनलाई सुुझाव दिन तुलसीपुरमा आयोजित माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको बैठकले पार्टी केन्द्रलाई यस्तो सुुझाव दिएको हो ।
बैठकले पार्टी बिधान अनुसार चल्नुपर्ने, युवा मैत्री विधान बनाउनुपर्ने, गणतन्त्र, समावेशिता र समानुपातिकमैत्री बिधान बन्नुपर्ने, महिलाको सहभागिता ३५% बाट वृद्धि गर्नुपर्ने, तल्ला समितिको सिफारिस बाध्यकारी हुनुपर्ने ब्यवस्था गर्नुपर्ने, पार्टी र सत्तामा आलोपालो ब्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको हो ।

जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादी पार्टी इतिहासमा पहिलोपटक विधान अधिवेशन हुनु आफैमा ऐतिहासिक भएको उल्लेख गर्दै युद्धबाट आएको पार्टी भद्रगोल छ भन्ने गलत भाष्य स्थापित हुनु दुःखद भएको बताउनुभयो । ‘हामी नेकपा(मशाल) कालमा होस या जनमोर्चाकालमा होस अथवा एकताकेन्द्र बाट नेकपा (माओवादी) हुँदै युद्ध सञ्चालन गर्दा होस पार्टी निकै ब्यवस्थित थियो’– उहाँले भन्नुभयो– ‘जब शान्तिकाल सुरु भयो, त्यसपछि पार्टी भद्रगोल अवस्थामा आयो । यसलाई सच्याउन आसन्न विधान अधिवेशन कोशेढुंगा सावित हुने छ ।’

माओवादी नै वास्तविक अर्थको बैकल्पिक शक्ति भएको उल्लेख गर्दै उहाँले केही कमीकमजोरी हुँदा बहस गर्ने गरिएको र यो मुलुकको नेतृत्व माओवादीबाट मात्र संभव छ भन्ने पुष्टि भइसकेको बताउनुुभयो । इञ्चार्ज आचार्यले अर्को प्रसंगमा भन्नुभयो– ‘सरकारले चालेको सुशासनको कदमको सबैतिरका दलाल नोकरशाहीहरुले असहयोग गरेका छ्न । यस बिषयमा जनता सचेत भइ सरकारको काममा होस्टेमा हैसे गरेर मात्र शुशासनको कदम सफल हुने छ ।’
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक इन्द्रजीत थारु, केन्द्रीय सदस्य भीमकुमारी बुढा, केन्द्रीय सल्लाहकार शेशुराम भण्डारी, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने र केन्द्रीय कला साहित्य बिभाग सदस्य रामप्रसाद जैसीले पनि सम्बोधन गर्नुभएको थियो । बैठक सञ्चालन जिल्ला सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।

Facebook Comments