• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा फागुन १८ गते प्रदेश सभाको बैठक आह्वान




दाङ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरि प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए ।

Facebook Comments