• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा विद्युतीय प्रणालीबाट घर नक्सा पास सुरु




घोराही । घोराही उपमहानगरपालिकाले विद्युतीय प्रणाली अनलाईन मार्फत घर नक्सा पास गर्ने कार्य शुरु गरेको छ । विद्युतिय सुशासन सेवा अन्तरगत उक्त अनलाईन प्रणालिले सेवाग्राहीहरुलाई उपमहानगरपालिकामा आउनु नपर्ने गरी अनलाईन मार्फत सेवा दिने छ ।

उक्त डाटा राष्ट्रिय सूचना प्रविधी केन्द्र सिंहदरबार काठमाडौमा समेत सुरक्षित रहनेछ । यसबाट फाइल राख्न र खोज्न हुने झन्झटको समेत अन्त्य हुने छ । डाटाहरुको रेकर्ड कति दर्ता भए ? कति सम्पन्न भए ? र कति इजाजत गए भन्ने बिषयमा तुरुन्तै जानकारी लिन सकिने छ । अब जग्गा नापजाँच वडा बाटै सम्बन्धीत वडाको अनिमबाट हुने छ ।

सर्जिमिन मुचुल्का सधियार हस्ताक्षर र १५ दिने सूचना र राजस्व सम्बन्धीत सबै वडाबाट हुने छ भने प्रमाण पत्र लिन मात्रै घर धनी उपमहानगरपालिकामा आउनु पर्ने छ । उक्त अनलाईन सेवाको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो । सोमबार एक कार्यक्रमका बिच घोराही उपमहानगरपालिका वडा नम्बर १७ धाईरेखुटीका चुडामणि घर्ती क्षेत्रीलाई उक्त घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको उद्घाटन गर्नुभयो । नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, अन्य इन्जिनियर र प्राविधिकहरुको उपस्थितीमा अनलाईन मार्फत घर नक्सा पास गर्ने कामको सुरुवात गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले युग अनुसारको सेवा प्रबाह सरकारको जिम्मेवारी भएको बताउनुभयो । नागरिक सेवामा सहजता ल्याई छिटोछरितो र पारदर्शि सेवा दिन यो कामको सुरुवात गरेको बताउनुभयो । बलियो पूर्वाधारले मात्रै नागरिकको जनधनको सुरक्षा हुने उहाँको भनाई छ । साथै उहाँले विना इजाजत घरहरु बनाउने कार्यलाई रोक्न र सुरक्षित घर बनाउन नागरिकहरुलाई प्रोत्साहन गर्ने गरी कडाईका साथ निगरानी गर्न प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

Facebook Comments