• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरी पब्लिक अंग्रेजी माविमा खेलकुद सप्ताह सुरु




श्रवण कुमार यादव
लमही। दाङको लमही नगरपालिका देउखुरी  स्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा आजदेखि वृहत खेलकुद सप्ताह सुरु भएको छ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा लमही नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। विद्यार्थीकाे अन्तरनिहित प्रतिभाको विकासका लागि आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै चौधरीले स्वास्थ्यका लागि खेलकुद अत्यावश्यक भएको र राष्ट्र चिनाउन पनि खेलकुदले महत्वपूर्ण योगदान गर्ने हुँदा खेलकुदको महत्व बढेको बताउनुभयो।

विद्यालयका प्रिन्सिपल भुमाण्डप केसीले खेलकुदले बिद्यार्थीको शारीरिक, मानसिक रूपले तन्दरुस्त हुनका साथै पढाईमा पनि सहयोग गर्ने हुँदा खेलकुदलाई विद्यालयले बिशेष महत्वका साथ संचालन गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिइएकाे बताउनुभयो। उहाँले खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने र सफलता हासिल गर्ने बताउनुभयो।

खेलकुद सप्ताह अन्तर्गत फुटबल, क्रिकेट, ज्याब्लिङ थ्रो, सट पुट म्याथ रेस लगायतका एथ्लेटिकस् खेलहरु खेलिने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक संदीप खनालले जानकारी दिनुभयो।

खेलकुद सप्ताह एक हप्तासम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । यो विद्यालय लमही नगरपालिकामा उत्कृष्ट नतिजाका रूपमा चिनिने गर्दछ ।

अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सन्दिप खनालकाे स्वागत् मन्तव्यबाट सुरु भएको खेलकुद सप्ताह कार्यक्रममा विद्यालयका प्रिन्सिपल भुमाण्डप केसीकाे अध्यक्षता रहेको थियाे भने कार्यक्रमकाे सहजिकरण विद्यालयका शिक्षक हेमन्त भुषालले गर्नु भएकोे थियाे।

Facebook Comments