• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस चौतारीको स्थापना दिवसमा रक्तदान




दाङ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा आइतबार एक कार्यक्रमको आयोजना गरी रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय लेखा आयोजक सदस्य रेवतीरमन शर्माले पत्रकारितालाई मर्यादित बनाउन प्रेस चौतारीलाई आग्रह गर्नुभयो । पत्रकारिताको मर्यादा दिन प्रतिदिन कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले भन्नुभयो, ‘पत्रकारिता दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । कुनै बेला पत्रकारितामा जुन मर्यादा र इमान्दारिता थियो, त्यो आज हराउँदै गएको छ । मर्यादित पत्रकारिताको नेतृत्व प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले गर्नुपर्छ ।’ सामाजिक जागरण र रुपान्तरणमुखी पत्रकारिता अहिलेको अपरिहार्यता भएको बताउँदै शर्माले सत्य, तथ्य र खोजी समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको धर्म भएकाले पत्रकारहरु देश विकासको पहरेदार बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सहइञ्चार्ज टीकाबहादुर बस्नेतले मुलुकमा व्यवसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताउनुभयो । मिसन पत्रकारिताले पत्रकारिता कमजोर बनिरहेको समयमा प्रेस चौतारी नेपालको स्थापना भएको सन्दर्भ केलाउँदै सहइञ्चार्ज बस्नेतले प्रेस चौतारीकै नेतृत्वमा व्यवसायिक पत्रकारिताको युग सुरु भएको र पत्रकारितामा विभिन्न आयाम थपिएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, एमालेका नेता गंगाराम भट्टराई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ता, लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, सदस्य ओमप्रकाश गुप्ता, नेकपा एमालेका लमही नगर इञ्चार्ज रतनकुमार केसी, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष केपी घिमिरे, लाइन्स क्लव अफ घोराहीका अध्यक्ष विवेक आचार्य, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजाल, रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिसा चन्द, प्राविधिक सहायक सीमा वली, प्रेस चौतारी महिला विभाग उपसंयोजक लक्ष्मी पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमाले लमहीका इञ्चार्ज रतनकुमार केसीसहित १४ जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गर्नेहरुमा प्रविन पौडेल, धनिराम गुरूङ, बासुदेव चौधरी, नमनिधि पौडेल, गंगाराम भट्टराई, विशाल आचार्य, सन्तोष खड्का, दिलिप विसी, किशोरसिंह ठकुरी, कैलाश माली, सुरेश कुमार राना, अजय थारू, निशाकुमारी चौधरी रहनुभएको छ । कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गर्नुभएको थियो ।

यसैबीच प्रेस चौतारी नेपाल दाङले स्थापना दिवसको अवसरमा आज पुरस्कार बितरण कार्यक्रमको आयोजना गर्न लागेको छ । बिहान ११ बजे नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजना हुने कार्यक्रममा ७ जना पत्रकार पुरस्कृत हुने जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवसरमा चौतारी दाङले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार प्रदान गर्ने कार्यवाहक अध्यक्ष राम्जाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेस चौतारी योगदान पुरस्कार जेएन सागरलाई, धनिराम स्मृति पत्रकारिता पुरस्कार दशरथ घिमिरेलाई, हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कार छवि पुरीलाई, मदन केसी आर्थिक पत्रकारिता पुरस्कार सन्तोष खनाललाई र प्रेस चौतारी प्रतिभा पुरस्कार रामप्रसाद सुवेदी, चेतन वली, लक्ष्मी पोखरेललाई प्रदान गरिने छ ।

Facebook Comments